Khabar Samachar

Search
Close this search box.

दलित अभियान्ता खगेन्द्र सुनार पक्राउ

203
VIEWS

संसद्‌ भवनमा प्रवेश गर्न खोज्दा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेका छन्। सोमबार संसद्‌ बैठक चलिरहँदा निषेधित क्षेत्र तोडेर प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

पछिल्लो समय सुनार गृहमन्त्री रमेश लेखकलाई कारबाहीको मागसहित प्रदर्शन गर्दै आएका छन्। केही दिनअघि उनीसहितले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पनि प्रदर्शन गरेका थिए।

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको प्रेम विवाहलाई राज्य शक्तिको दुरुपयोग गरेको छुटाउन खोजेको उनीहरूको आरोप छ। प्रहरीले भने बालविवाहको उजुरी परेपछि सत्येन्द्रलाई पक्राउ गरिएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित