नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को काठमाडौंमा भएको महाधिवेशनबाट उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्।
पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो।
काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति) को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।
Discussion about this post