Khabar Samachar

Search
Close this search box.

अर्थसचिवको जिम्मेवारी घनश्याम उपाध्यायलाई

203
VIEWS

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई भने राष्ट्रपति कार्यालय सरुवा गर्ने कुरा भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।उपाध्यायले सहसचिव हुँदा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएर काम गरेका थिए ।ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका उपाध्यायले बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि काम गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा चार महिना काम गरेपछि उनको आयोगमा सरुवा भएको थियो । आयोगमा सरुवा भएको सात महिनापछि उपाध्यायलाई सरकारले अर्थसचिवको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो ।

यसैबीच, सरकारले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेशको कायममुकायम (कामु) प्रदेश सचिव रहेका सहसचिव अधिकारीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो ।

जसमध्ये पहिलो नम्बरमा सिफारिस अधिकारीलाई सरकारले सचिवमा बढुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित