मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा काठमाडौं जिल्ला अदालतमा भल पसेको छ।
बबरमहलस्थित अदालत भवन जलमग्न भएपछि चार वटा इजलास अनिश्चितकालका लागि स्थगित गरिएको छ।
पाइप फुटेपछि अदालत परिसरमा पानी भरिएर न्यायिक कार्यसम्पादन प्रभावित भएको अदालतले जनाएको छ ।
‘मेलम्ची खानेपानीको पाइप फुटी यस अदालतको दोस्रो भवनमा पानी पसी सो भवनको भुइँ तलामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति पुगेकाले सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेशी तथा २६, २७, २८ र २९ इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सञ्चालन नहुने बेहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ काठमाडौं जिल्ला अदालतद्वारा जारी सूचनामा भनिएको छ ।
Discussion about this post