Skip to main content

Khabar Samachar

Search
Close this search box.

कीर्तिपुर अस्पतालको आइसियुमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार

205
VIEWS

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ।

शनिबार दिउँसो कार्यक्रम उद्घाटन क्रममा बेलुन उडाउन लाग्दा नजिकैको आगोले बेलुनमा आगो लागेपछि त्यसको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पोलेको थियो।

दुवै जनालाई  गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन उपचार कक्ष (आइसियु)मा भर्ना गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित