Skip to main content

Khabar Samachar

Search
Close this search box.

झापामा नेपाल प्रहरीका सइ मृत भेटिए

215
VIEWS

झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् ।

झापा भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

‘शव आज बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ’, चौहानले भने, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताए। घटनाको थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित