Skip to main content

Khabar Samachar

Search
Close this search box.

लेबननमा हिज्बुल्लाहको आक्रमणमा परे मेजर जनरल ढकाल

206
VIEWS

लेबननको हेज्बुल्लाह समूहको आक्रमणमा परी नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्।

शनिबार दिउँसो नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा ‘लेबननमा शान्ति स्थापनार्थ खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक युनिफिलका डेपुटी फोर्स कमाण्डर उपरथी (मेजर जनरल) चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएको’ उल्लेख थियो।

‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी बेरुतस्थित युएन लेबल–३ हस्पिटल पुर्याइएको थियो,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालले उहाँ हाल खतरामुक्त रहेको जनाएको छ।’

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत युनिफिल नेपाली सेना सहभागी सबैभन्दा पुरानो मिसन हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीका अनुसार, उपरथी ढकाल सो मिसनमा दुई वर्षअघि डेपुटी कमाण्डरको रुपमा जिम्मेवारी सम्हाल्न गएका थिए।

‘उहाँ दुई वर्षे कार्यकाल सम्हालेर स्वदेश फर्कंदै हुनुहुन्थ्यो, त्यसक्रममा उहाँ सवार कन्भोय (गाडीको लस्कर) माथि आक्रमणकारीहरुले आक्रमण गरेछन्,’ प्रवक्ता केसीले भने, ‘घर फर्कने बेलामा यस्तो दुखद घटना हुनपुग्यो।’ आक्रमणकारी समूहले गाडीलाई रोकी त्यहाँभित्र सवार रहेका उपरथी ढकाल र सुरक्षामा खटिएका चार जना नेपाली शान्ति सैनिकलाई बाहिर निकालेका थिए। त्यसपछि गाडीमा आगो लगाइयो, उनीहरुले उपरथी ढकालमाथि प्रहारसमेत गरे। आक्रमणका कारण ढकालको टाउकोमा चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित