आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन विद्यार्थी संगठनका नेताहरूको बैठक बसेको छ ।
आइतबार बालुबाटारमा बसेको बैठकमा सबै विद्यार्थी संगठन गठबन्धन नगर्ने (एक्ला-एक्लै) भिड्ने सहमति भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।
आइतबार बालुवाटारमा बसेको बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु अध्यक्ष समिक बडाल, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट अध्यक्ष विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव शक्ति बस्नेत उपस्थित थिए ।
यस्तै विद्यार्थी संगठनका इन्चार्जहरू पनि बैठमा उपस्थित थिए ।
Discussion about this post