Khabar Samachar

Search
Close this search box.

अर्का इन्स्पेक्टर विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

201
VIEWS

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले जाहेरी आएको पुष्टि गरे । अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।

महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका छन् । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

यसैगरी यता घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले छानबिन समिति गठन गरेको छ । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित