Khabar Samachar

Search
Close this search box.

सेयरबजारमा लगातार १४ अर्बको कारोबार

208
VIEWS

यो साता सेयरबजारमा लगातार कारोबार रकमले १४ अर्ब नाघेको छ।

नौ कारोबार दिनमा लगातार बढेको नेप्से परिसूचक दशौं दिन भने घटेको छ।

प्राविधिक भाषामा यसलाई करेक्सन आएको मानिन्छ। बजार लगातार बढी मात्रै रहने नभएकोले यस्तो घटाइलाई करेक्सन भनिने गरिएको हो।

लगातार बजार बढ्दा लगानीकर्ताहरूले नाफा भएका सेयर बेच्न थाल्दा आपूर्ति केही बढेर बजार घट्ने हुन्छ।

लगातार नौ दिन बढेको नेप्सेले एक सय ९८ अंक जोडेको थियो। सोमबार त्यसमध्ये केही अंक गुमाएको हो।

आइतबार ७५ अंकले बढेर १४ अर्ब २५ करोडको कारोबार भएकामा सोमबार केही ‘करेक्सन’पछि पनि १४ अर्ब २८ करोडको कारोबार भएको हो।

सोमबार नेप्से सूचक १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा थामिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित