Khabar Samachar

Search
Close this search box.

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं – देउवा

201
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार राखेका हुन् ।

सोमबारबाट भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले यसअघिको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्।  ‘हाम्रो बीचमा मतभेद हुन सक्छन्। कति कुरा नमिलेका हुन सक्छन्। सबै कुरा आपसमा छलफल गरेर कुराकानी गरेर लैजानुपर्छ,’ उनले भने, ‘हाम्रो पार्टीलाई जीवन्त रुपमा रुपमा भाइब्रेन्ट बनाएर अगाडि बढाउन सकिन्छ।’

उनले नेताहरूबीच एकता कायम हुँदा पार्टीप्रति आकर्षण बढ्ने दाबी गरे। ‘यसो हुँदा हाम्रोपार्टीका प्रतिआज अझ बढी आकर्षण हुनेछ। देशभित्र बाहिर पनि। यसबारेमा प्रशिक्षणले यसबारे काम गर्ने विश्वास छ’ देउवाले भने।

देउवाले पार्टीमा नमिलेका कुरा संवादको माध्यमबाट टुंग्याउनुपर्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित