Skip to main content

Khabar Samachar

Search
Close this search box.

पुन : नेमकिपाको अध्यक्षमा नारायणमान बिजुक्छे

201
VIEWS

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) चयन भएका छन्।

नेमकिपाको आठौं महाधिवेशनले बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

नेमकिपाको आठौंं महाधिवेशन गत फागुन १६ गते सुरू भएर नेतृत्व चयन गर्दै मंगलबार सकिएको थियो।

वि. सं. २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन्।

८५ वर्षीय बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिएका थिए।

उनले जित्दै आएको भक्तपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित