राष्ट्रपति डोनाल्ड ट्रम्पका एकपछि अर्को निर्णयबाट विश्व व्यवस्था ध्रुवीकृत भइरहेका बेला कम्युनिष्ट मुलुक चीनले अमेरिकासँग जस्तोसुकै युद्धको लागि तयार रहेको चेतावनी दिएको छ ।
ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै चीनले जस्तोसुकै युद्धको सामना गर्न तयार रहेको बताएको हो ।
ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप ट्यारिफ लगाएपछि विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र मानिएका अमेरिका र चीन आमुन्नेसामुन्ने भएका हुन् । ट्रम्पले व्यापार युद्ध छेडेको आरोप बेइजिङले लगाएको छ ।
ट्रम्पको कदमको बदलामा चीनले पनि तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १० देखि १५ प्रतिशत आयातशुल्क लगाइदिएको छ ।
चीनमा राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका लागि देशभरका कम्युनिस्ट नेताहरू बेइजिङमा भेला भइरहेका बेला अमेरिकाप्रति निकै कठोर टिप्पणी आएको बीबीसीले जनाएको छ ।
Discussion about this post