राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरे ।शाहीले राजतन्त्रमा सबै मानिसहरू अटाउने र प्रजातन्त्र नमासिने उल्लेख गरे । उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र केही पनि मासिँदैन । राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाइन्छ । यसमा खुल्लमखुल्ला बहस गर्न तयार छौँ ।’
Discussion about this post