गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टहरूलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी सरकारले गरिरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिए ।
सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री लेखकले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा राज्यकोषमा भार नपर्ने गरी सुविधा दिने गरी कानुन बनाउन लागिएको बताएका हुन्।
‘सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएको निर्देशनलाई पालना गरी कानुन बनाउने गरी तयारी थालिएको छ,’ उनले भने, ‘अनावश्यक भार पर्ने गरी गरिने छैन। तर, कानुन नबनाइ सुविधा दिने नभई कानुन बनाएर दिने वा नदिने भए पनि त्यसबारे संसद्बाटै निर्णय लिइनेछ।’
गृहमन्त्री लेखकले जवाफ दिने क्रममा अहिले पनि पूर्वविशिष्ठहरूले सरकारले बनाएको मापदण्डका आधारमा सेवा सुविधा लिइरहेको बताए । त्यही सेवा सुविधालाई संसदबाट कानुन बनाएर दिनका लागि तयारी थालिएको जानकारी दिए ।
Discussion about this post