Khabar Samachar

Search
Close this search box.

मोरङको धनपालथाल गाउँपालिका–६ कदमाहामा आगलागीमा परेर २ बालबालिकाको मृत्यु

205
VIEWS

मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

मृतक बालबालिकाको परिचय खुलेको छैन । आगोले हालसम्म ८ घर जलिसकेको छ । चर्को घाम लागेको र हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित