Khabar Samachar

Search
Close this search box.

सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा

205
VIEWS

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १३३ जनाको सरुवा गरेको छ। बुधबारको निर्णयअनुसार गृह मन्त्रालयलले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो।

कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ ।

सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित