सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा केही मानिस फसेका छन् ।
प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् ।
स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।























Discussion about this post