सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन्।
बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका छन् उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गरेका छन्।यसपछि माओवादी अध्यक्ष प्रचण्डसहित विपक्षी दलका सांसद उठेर बैठकमा विरोध जनाएका हुन्।
Discussion about this post