सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजाबाट १६ जनाको उद्धार भएको छ।
गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अहिलेसम्म पाँच जना महिलासहित १६ जनाको उद्धार भएको हो।
नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ।
अहिले प्लाजाभित्र तीन जना देखिएका छन्। उनीहरूको पनि उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
अन्य मानिस पनि हुनसक्ने भएकाले सेनाको टोलीले उद्धार तथा खोजीको काम गरिरहेको छ। सेनाको टोली खोजीका लागि प्लाजा भित्र पसेको छ।
गृह मन्त्रालयकाे सचिवालयका अनुसार आगलागी भइरहेको १० तले प्लाजाको पाँचौँ र छैटौँ तलाबाट हालसम्म जम्मा ५ महिला र ११ पुरुष गरी जम्मा १६ जनाको उद्धार गरिएको हो।




















Discussion about this post