Skip to main content

Khabar Samachar

Search
Close this search box.

कुलमानलाई पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन

207
VIEWS

कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै विद्युत् प्राधिकरणअगाडि प्रदर्शन भएको छ।

नागरिकहरूको स्वतःस्फुर्त समूहले रत्नपार्कमा रहेको प्राधिकरण प्रांगणमा भेला भएर विरोध प्रदर्शन गरेको हो।

सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । आज प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित