नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च पुगेका थिए।
उक्त रिट बिहीबारमात्रै दर्ता भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उक्त रिटको पेसी भोलि शुक्रबार तोकिएको छ।
Discussion about this post