राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् ।
मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।
पुर्साको मुद्दा किन विलम्ब भएको होला भनेर पत्रकारहरूले प्रश्न गरेका थिए । लामिछानेले जवाफ दिए, ‘सरकारले हतियार बनाएर राखेर पर्साको (मुद्दा) चाहिं झुण्ड्याइराख्या छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई थाहा छैन र ! हकदैया छैन, हदम्याद छैन । सबै थाहा छ । सब जगजाहेर छ ।’
सरकारले छोप्यौं भन्ने ठानेको भएता पनि नछोपिएको उनले बताए । अगाडि भने, ‘सरकार छोप्यौं भन्ठान्स हामी नाङ्गो देखिराख्या छौं । सरकार छोपिएको छ, छोपिएको छ भनिरहेको छ तीनकुनेको छोप्या जस्तो । तर, नाङ्गो भइसक्यो ।’
























Discussion about this post