Khabar Samachar

Search
Close this search box.

फिरौती माग गरेको आरोपमा एक नेपाली दाङमा पक्राउ

201
VIEWS

भारतीय ग्याङ स्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिंदै फिरौती माग गरेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) रहेका छन् । पछिल्लो समय कोहलपुर नगरपालिका-५ मा डेरा गरी बस्दै आएका बिसी दाङमा पक्राउ परेका हुन् ।उनलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले विश्नोईको नाम लिँदै पाँच करोड भारु (८ करोड नेपाली रुपैयाँ) फिरौती माग गरेको पाइएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए ।

सामाजिक सञ्जाल ह्वाट्स एप प्रयोग गरी उनले फिरौती माग गरेको आरोप छ । उनले विदेशी नम्बरको ह्वाट्स एपबाट फोन गरेर धम्क्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।उनी नेपाली आर्मीका भगौडा रहेको पाइएको छ । २०५९ सालमा जागिर छाडेर भागेका व्यक्ति रहेको पाइएको छ । आर्मीबाट भागेपछि उनी विभिन्न नामले आपराधिक समूहमा लागेर अपराधको गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ ।

आपराधिक क्रियाकलाप गर्ने उदेश्यले उनले भारतीय आधारकार्ड समेत लिएको पाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित