काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो ।
‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि सबैको तलब आएको छ,’उनले भने, ‘अहिले सबैका मोबाइलका घण्टी बजिरहेका छन् । साँझसम्म सबैको तलब आउँछ । बिस्तारै सबै अवरोध हटेर जान्छ ।’
गत पुसमा अनधिकृत कार्य गरेको भन्दै गुरागाईं मेयर बालेन्द्र शाह ‘बालेन’ ले बिदामा बस्न लगाएका साथै कार्यालयमा आउन रोक लगाएका थिए । त्यसपछि तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार मात्रै गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।
Discussion about this post