Khabar Samachar

Search
Close this search box.

बालेनका प्रमुख स्वकीय सचिवलाई कारवाही गर्न कर्मचारी संगठनको माग

202
VIEWS

काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहमाथि हदैसम्मको कारबाही गर्न महानगरका स्थानीय कर्मचारी संगठनले माग गरेका छन्।

गत चैत  २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको पुर्नवाहालीपछि शाहले कर्मचारीलाई सार्वजनिक ढंगले धम्क्याउने काम गरेको भन्दै ५ कर्मचारी संगठनले बिहीबार विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका हुन्।

कारबाहीको माग गर्ने कर्मचारी संगठनहरुमा स्थानीय तह कर्मचारी यूनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ रहेका छन्।

‘बिहिवार, २१ गतेको घटना पछि प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारी ले आचरण विपरित अनाधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यममार्फत उपप्रमुखज्यु, वडाध्यक्षज्यु लगायतका सम्मानित व्यक्तिहरु समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लघंन गरेको हुँदा निजलाई कानून बमोजिम हदैसम्मको कारवाही गरियोस्,’ विज्ञप्तिमा भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित