Khabar Samachar

Search
Close this search box.

राजु पाण्डेलाई कारबाही गर्न महानगरका कर्मचारी संगठनको माग

202
VIEWS

काठमाडौं महानगर प्रहरी बलका राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारी तथा पेशागत संगठनले ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार राजुनाथ पाण्डेलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।

उनीहरूले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन्।

कारबाहीको माग गर्ने कर्मचारी संगठनहरुमा स्थानीय तह कर्मचारी यूनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ रहेका छन्।

चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन शाहले कार्यकारीलाई कार्यालयमा छिर्न नदिनू भन्दै आदेश दिएको भनेर गुरागाईंलाई प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। त्यसैले पाण्डेलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग उनीहरूले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित