मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको छ । सो आरोपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे पनि थप बताउन चाहेनन् ।
अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।





























Discussion about this post