Khabar Samachar

Search
Close this search box.

रास्वपाको सह-महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिने

211
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्।

पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ ।

आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘सांसद र पार्टी पदाधिकारीको भूमिका एकसाथ निर्वाह गर्न समस्या भएपछि उहाँले राजीनामा दिन लाग्नु भएको हो,’ झाले नेपालखबरसँग भने, ‘यसमा अन्यथा केही छैन। एक व्यक्ति एक पदको अवधारणाअनुसार उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो। राम्रो अभ्यास, राम्रो संस्कारको लागि आफूले यसो गर्न लागेकोसमेत उहाँले हामीलाई बताउनु भएको छ।’

बिहीबार दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने झाले बताए।

२०८० पुसमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो। त्यही बैठकबाट श्रेष्ठ पार्टीको सहमहामन्त्री भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित