Khabar Samachar

Search
Close this search box.

गभर्नरका प्रत्याशीको विवाद सर्वोच्चले आज हेर्न नभ्याउने

201
VIEWS

गभर्नरको उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुग्ने दाबी गरी हालिएको रिट सर्वोच्च अदालतले आज हेर्न नभ्याउने भएको छ।

आइतबार न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा गभर्नर विवादसम्बन्धी रिट परेको थियो। उक्त रिट अन्तिमतिर परेकाले हेर्न नभ्याइनेमा राखिएको हो।

अधिवक्ता विशाल थापाले गभर्नरको नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएकोविरूद्ध रिट दायर गरेका थिए।

वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित