नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान गरेका छन् ।स्वास्थ्य परीक्षण घुमघामको लागि सभापतिको परिवार एक साताको लागि थाइल्याण्ड प्रस्थान गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सभापतिजी, परराष्ट्रमन्त्री आरजु, स्वकीय सचिव भानु देउवा, छोरा-बुहारीसहित परिवार नै जानुभएको हो,’ पौडेलले लोकान्तरसँग भने, ‘यस अघि पनि उहाँको स्वास्थ्य परीक्षण बैंककमा भएको थियो । यसैले फेरि स्वास्थ्य परीक्षण र पारिवारिक भ्रमणको लागि सभापतिको परिवार नै थाइल्याण्ड प्रस्थान गरेको हो ।’
Discussion about this post