Skip to main content

Khabar Samachar

Search
Close this search box.

ताप्लेजुङको पाथीभरा जाँदै गर्दा गाडीमा करेन्ट लागेर चार जना यात्रुको मृत्यु

202
VIEWS

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा करेन्ट प्रवाह हुँदा भएको आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य, उनका १० वर्षीय छोरा भविमय आचार्य छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान करिब ५ बजे बिजुलीको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित