अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग मर्मत पछि संचालनमा आएको छ। बाढीले अवरूद्ध बिपी राजमार्ग १३ घन्टापछि पुन: सञ्चालनमा आएको छ।
सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले मर्मतपछि बिपी राजमार्ग पुन: सञ्चालनमा आएको जानकारी दिए।
बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक सोमबार राति थप क्षति पुर्याएको थियो।
प्रहरी टोली तथा स्थानीयका पहलमा मंगलबार बिहानैदेखि एकतर्फी खुलाइएको थियो। केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
































Discussion about this post