नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीलाई हटाएको छ। लामो समयदेखि आईपीओ निष्काशनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका १४ कम्पनीलाई सेबोनले पाइपलाइनको सूचीबाट हटाएको हो ।
सेबोन स्रोतका अनुसार प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई आईपीओको प्रक्रियाबाट हटाइएको हो । सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते प्रति शेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो ।
आईपीओ पाइपलाइनको सूचीबाट सबैभन्दा बढी जलविद्युत् कम्पनीहरू रहेका छन् । जसमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, पुवा खोला वान हाइड्रोपावर लिमिटेड र रिचेट जलविद्युत कम्पनी छन् ।त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेड, अर्किड होल्डिङ लिमिटेड, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड, एकर्ड फर्मासुटिकल्स लिमिटेड, सोपान फर्मासुटिकल्स लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र प्रभु हेलिकप्टर लिमिटेड पनि आईपीओको पाइपलाइनबाट सेबोनले हटाएको छ ।
































Discussion about this post