Khabar Samachar

Search
Close this search box.

गभर्नरको पहिलो निर्णय एक हजार र ५० रूपैयाँको नोट छाप्ने

203
VIEWS

गभर्नर विश्वनाथ पौडेलले एक हजार र ५० रूपैयाँको नोट छाप्ने निर्णय गरेका छन्।

पौडेलले गरेको पहिलो निर्णयको जानकारी दिँदै डेपुटी गभर्नर बमबहादुर मिश्रले भने, ‘उहाँले अहिले गर्नुभएको पहिलो निर्णयमा एक हजार र ५० रूपैयाँको नोट छाप्ने उल्लेख छ। यो निर्णय अनुसार पहिले डिजाइन समितिले डिजाइन तयार गर्छ। डिजाइन समितिबाट पारित भएको डिजाइन सञ्चालक समितिबाट निर्णय भएपछि नोट छाप्ने प्रक्रिया अगाडि बढ्छ।’

नोट छाप्ने नियमित प्रक्रिया अनुसार नै पहिलो निर्णय भएको हो।

विशेष गरेर पाँच सय र एक हजारभन्दा माथिका एउटा नोटको आयु ४ देखि पाँच वर्षको हुन्छ।

साना नोटको आयु भने करिब तीन वर्षको हुन्छ।

नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ।

पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित