Khabar Samachar

Search
Close this search box.

अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

202
VIEWS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक थिए। उनीविरूद्ध विभिन्न मुद्दामा भ्रष्टाचार गरेको आरोप छ।

नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ।

आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ । पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।

टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

अख्तियारले ३३ करोड बिगो मागदाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित