Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन

203
VIEWS

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको हो ।

अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा जेठ १२ देखि १५ सम्म पारलैंगिक समुदायका लागि आयोजित विभिन्न शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।

सह प्राडा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए । ‘लिंग परिवर्तनजस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने हुँदा नेपालमा नै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्नेछ,’ उनले भने, ‘ट्रान्सजेन्डर समुदायलाई आफ्नो लैंगिक पहिचानका लागि यो महत्वपूर्ण हुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित