Skip to main content

Khabar Samachar

Search
Close this search box.

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न २४ घण्टाकाे समय

201
VIEWS

बागमती प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी गराएका छन् ।

सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि साउन २० गते मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित