बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आगामी फेब्रुअरीमा आम निर्वाचन गर्ने घोषणा गरेका छन्।
विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित ‘दोस्रो मुक्ति’ उत्सवको अन्त्यमा सम्बोधन गर्ने क्रममा युनुसले उक्त घोषणा गरेका हुन्।
उनले आगामी फेब्रुअरीमा रमजानअघि नै निर्वाचन गरिसक्नेसमेत बताएको बिबिसीले जनाएको छ।
युनुसले यसअघि सन् २०२६ को जुनमा आम निर्वाचन गर्ने प्रस्ताव गरेका थिए। तर अब रमजानअघै नै निर्वाचन गराउने तयारी गरेका हुन्।























Discussion about this post