नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मत दिन ह्विप जारी गरेको छ।
कांग्रेस संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न प्रदेशसभाको यही साउन २७ गते मंगलबार दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ। उक्त बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्विप जारी गरिएको हो।




























Discussion about this post