नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको बताएका छन्।
बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौँ। अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ।’यस्तै वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘सम्पत्तिको छानबिन पहिला पदाधिकारीबाट सुरु गर्ने, कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने, महाधिवेशन मङ्सिरको अन्त्यमा गर्ने निर्णय भयो’, उनले भने ।
































Discussion about this post