Khabar Samachar

Search
Close this search box.

लन्डनमा र्‍यापर गेट्सले चलाएको गाडीले ठक्कर दिँदा घाइते भएका नेपाली युवकको मृत्यु

202
VIEWS

बेलायतको राजधानी लन्डनमा कारले ठक्कर दिँदा घाइते भएका नेपाली युवकको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कारको ठक्करबाट घाइते भएका २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो।

उनलाई यही अक्टोबर १८ मा पूर्वी लन्डनको इल्फोर्डको रेडब्रिज लेन इस्टमा कालो अडीले ठक्कर दिएको थियो।

ब्रिटिस प्रहरीका अनुसार त्यो गाडी ४१ वर्षीय र्‍यापर गेट्सले चलाएका थिए। आफ्नो गाडीले ठक्कर तामाङलाई ठक्कर दिएपछि उनी भागेका थिए।

गेट्सलाई गत सोमबार नै प्रहरीले पक्राउ गरिसकेको छ।

हाल हिरासतमा रहेका उनलाई आज बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा दोस्रोपटक उपस्थित गराइँदै छ।

स्थानीय प्रहरीका अनुसार नेपालको धरान घर भएका तामाङ विद्यार्थी भिसामा बेलायत आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित