जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने ललितपुरका राजु परियार उर्फ सम्राटलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सोमबार ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
परियारले एसएलआर बोकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो ।
























Discussion about this post