Khabar Samachar

Search
Close this search box.

निर्वाचन लक्षित गर्दै वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

200
VIEWS

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः ब्युँताउने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट बसेको संगठनको केन्द्रीय समिति बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने गरी यस्तो रणनीति तय गरेको हो।

वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’ (एसटीएफ) लाई क्याम्पिङ गरेर राखिनेछ। निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्न र आफ्नो पक्षमा माहोल बनाउन संगठनले ‘एक बुथ, सय युथ’ को अवधारणा अनुसार युवाहरूलाई परिचालन गर्ने तयारी गरेको छ। सम्बन्धित मतदान क्षेत्रकै युवालाई त्यहीँको जिम्मेवारी दिइने र सामाजिक सञ्जालको समेत अधिकतम प्रयोग गरिने अध्यक्ष ओलीले जानकारी दिए।

बैठकले अन्तरपार्टी युवा, विद्यार्थी र ‘जेनजी’ युवाहरूसँग समन्वय गर्न छुट्टै संयन्त्र बनाउने तथा सबै प्रदेशहरूमा एकता प्रक्रियाबाट आएका संगठनका नेताहरू सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित