Khabar Samachar

Search
Close this search box.

‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिलमा निर्वाचन आयोगको पत्राचार

205
VIEWS

निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाश गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो।

‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन-३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ।

आयोगले गरेको पत्राचारमा भनिएको छ,‘अनलाइनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ, आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सीउपर आवश्यक कारबाही हुन निर्णयअनुसार अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित