गैर आवासीय नेपाली संघ इटाली को आयोजना, सेभ द हार्ट र नेपाल कार्डियो सेन्टर को प्राबिधिक सहयोग, पाइला पाइला को आशा र ओम मोगाश्री फर्मास्युटिकल्स को सहकार्य मा काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ कोशी देखामा झण्डै ४ सय जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ।काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ कोशी देखामा झण्डै ४ सय जनाको निःशुल्क मुटु परीक्षण गरिएको गैर आवासीय नेपाली संघ इटालीका अध्यक्ष अशोक उप्रेतीले बताएका छन्।
सेभ द हार्ट, ओम मोगाश्री फर्मास्युटिकल्स र एनआरएनए इटालीको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा इसिजी, इको लगायतका परीक्षण गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा अनिल भट्टराईले जानकारी दिए।
उनले ५ जनाको जटिल शल्यक्रिया जरूरी रहेकाले रिफर गरिएको बताए। त्यसको समन्वय पनि आफूहरूले गर्ने डा.भट्टराईले बताए।
शिविरका लागि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग थियो।
सेन्टरका कार्डियो थोरासिक भास्कुलर सर्जरीका प्रमुख समेत डा. अनिल भट्टराई सहित मुटुरोग विशेषज्ञहरू डा.खेम भुसाल र समिर यादवको टिमले मुटु परीक्षण गरेको थियो।
शिविरमा औषधि समेत वितरण गरिएको थियो।


























Discussion about this post