गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय पररषद इटली (NRNA NCC, Italy) तथा नेपाली अवैतननक वाणिज्य दूतावास (Nepali Honorary Consulate) रोम, इटलीका वाणिज्य दुत Hon. Paolo Nugari (पाउलो नुगारी) को पहलमा स्वर्गीय सुनिल तामाङ को पार्थिव शरीरलाइ नेपाल पुराएको छ।
पार्थिव शरीर लाई नेपाल पठाउन लाग्ने लाग्ने खर्च तथा परिवार लाई सहयोग गर्ने हेतुले इटाली स्थित सम्पूर्ण स्थानीय नेपाली समाज र सबैमा आर्थिक सहयोग का लागि गैर आवासीय नेपाली संघ इटाली ले आह्वान गरेको थियो|
पार्थिव शरीर लाई नेपाल सम्म पठाउन को लागि आर्थिक सहयोग गनुहुने इटाली मा रहेका सम्पूर्ण नेपाली स्थानीय समाज, संघ-संस्था तथा व्यक्तिगत रूपमा सहयोग गर्नु भएका सम्पूर्ण इटाली बासी दाजुभाई, दिदीबहिनी तथा आमा-बुबा हरूलाई गैर आवासीय नेपाली संघ इटली हृदय देखि धन्यवाद व्यक्त गरेको छ। सहयोगी दाताहरू को नामावली र रकम को बिवरण गैर आवासीय नेपाली संघ को फेसबुक पेजमा उल्लेख गरिएको ।
गैर आवासीय नेपाली संघ, इटाली का अध्यक्ष अशोक उप्रेतीले आफैं मृतक को परिवार लाई भेटि पार्थिव शरीर लाई नेपाल सम्म पुर्याउन को लागि लागेको खर्च कटाएर बाँकी रकम सोक्तिम माई नगरपालिका 9 इलाम का अध्यक्ष लीला कुमार राई तथा समाजसेबी शिक्षक डेविड शर्मा को उपस्थितिमा स्वर्गीय सुनिल तामाङ को परिवार लाई आज 3339260 NPR (तेत्तीस लाख उन्नान्चालिस हजार दुइ सय साथी रुपैया) हस्तान्तरण गर्नु भएको छ| यसमा दुई लाख नगद तथा एकतिस लाख उन्नान्चालिस हजार दुइ सय साथी रुपैया को चेक रहेको छ।
पार्थिव शरीर लाइ नेपाल पठाउन लागेको खर्च 5082 (पाँच हजार बयासी) युरो रहेको जानकरी गर्दछु| सहयोग को लागि उठेको रकम 24606 (चौबीस हजार छ सय छ) युरो, खर्च भएको रकम 5082 (पाँच हजार बयासी) युरो तसर्थ गैर आवासीय नेपाली संघ इटाली संघ संग बाँकी रहेको रकम 19524 (उन्नाइस हजार पांच सय चौबीस) युरो बराबर को रकम वहां का परिवार लाई हस्तान्तरण गरिएको गैर आवासीय नेपाली संघ, इटाली का अध्यक्ष अशोक उप्रेतीले बताएका छन्।


























Discussion about this post