Khabar Samachar

भारतीय वायुसेनाको विमान लुम्बिनीमा

231
VIEWS

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।  नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देही आएको छ ।

जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ।

भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।

विमानमा भारतीय सैनिक अधिकारीहरु छन् । जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि उक्त सैनिक अधिकारीहरुको टोली भारतीय सेनाको विशेष विमानबाट भैरहवा आएको हो। टोलीमा ३० जना रहेको बताइएको छ ।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय एयरफोर्सको आइएल ७६ इलुसिन विमानमार्फत् ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित