Khabar Samachar

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्न आग्रह

211
VIEWS

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमै बस्न आग्रह गरेका हुन् ।

कोभिड–१९ महामारी पछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । डा। अधिकारीले विगतदेखि नै मङ्कीपक्स भाइरस पुष्टि भएकाले  यो  नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् । मङ्कीपक्स अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भएकाले त्रसित  नहुन उनले आग्रह गरे ।

मुखको छिटाबाट सर्ने भएकाले मङ्कीपक्स संक्रमणबाट जेगिन मास्कको प्रयोग गर्न,सावुन पानीले हात धुनुका साथै व्यक्तिगत्त सरसफाइमा ध्यान र शङ्कास्पद संक्रमित व्यक्तिहरुसँग समेत रहन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित