Khabar Samachar

महानगरभित्रका होटल, रेष्टुरेण्टका शौचालयलाई नै सार्वजनिक बनाइने

234
VIEWS

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका रेष्टुरेण्टहरुमा रहेका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रस्ताव महानगर कार्यपालिकामा गरिएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् ।

कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको बताए ।

‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनिधिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय नि:शुल्क गर्ने,’ उनले भने, ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँछौं। महानगरले सर्टिफाइ गरिदिन्छ।’

उनले शौचालयहरू पनि बनाउने तर हाललाई यसरी पनि प्रयोग गर्ने बताए। यसरी शौचालय प्रयोग गर्न दिने रेष्टुरेन्टहरूलाई के सुविधा प्रदान गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन।

‘अहिले नै यो-यो कुराहरू निशुल्क गरिनेछ भनेर भन्न सकिन्न। त्यसको लागि अध्ययन गर्न पर्ने हुन्छ। पहिलो दिन नै त्यो कुरा गर्नु गलत हुन्छ जस्तो लाग्छ,’ उनले भने।शाहको प्रस्तावअनुसार महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरुमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ । रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ । उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित